२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "थप ३५१७ मा संक्रमण, ४०९६ संक्रमणमुक्त"

शुक्रवार , कार्तिक १४, २०७७

 

काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३५१७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,  १४ हजार ९८९ को परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६  संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० को मृत्यु भएको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,  मोरङमा २५५, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१ र नुवाकोटमा ३३  संक्रमित भेटिएका छन् ।

नवलपरासी पूर्वमा २९, कैलालीमा २८ , दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९÷१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३/१३ संक्रमित भेटिएका छन् ।

सिन्धुपाल्चोक र पर्वतमा १२/१२, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८/८ , बाग्लुङ, पाल्पा, सुर्खेतमा ७/७, रामेछाप, कपिलवस्तु र जम्लामा ६/६, धनकुटा, सर्लाही, सिन्धुली, डडेल्धुरामा ५/५ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,  इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४/४, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३/३, सोलुखुम्बु, कालीकोट र डोटीमा २/२, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १/१ मा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार