२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरसको प्रकोप

नेपालमा काेराेना : "८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा संक्रमण पुष्टि"

संक्रमित १ लाख ६२ हजार ३५४ पुगे

बुधवार , कार्तिक १२, २०७७

 

 काठमाडौं,  कात्तिक। पछिल्लो २४ घण्टामा थप १९५४ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

उनीहरुमध्ये ८८७ को मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४  संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २९० को आईसीयू र ७२ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९६, ललितपुरका ११८ र भक्तपुरका २९  छन् ।

मोरङका २५३, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११/११, उदयपुर र तनहुँका १०/१० , सोलुखुम्बु र सिराहाका ९/९  तथा धनुषा र काभ्रेका ८/८ मा संक्रमण पुष्टि भएको छ ।

यस्तै, रुपन्देहीका ७ , सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६/६ , नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४/४, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३/३, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २/२ तथा ओखलढुंगा, भोजपुर, पर्वच, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १/१ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार