२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा काेराेना : "२७२५ को पीसीआर परीक्षणमा ५७० मा संक्रमण"

संक्रमित १ लाख ६० हजार ४०० पुगे

मंगलवार , कार्तिक ११, २०७७

 

 काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा थप ५७० मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३  संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै थप १४ को मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार