२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रुपन्देही : ' थप दुई कोरोना संक्रमितको मृत्यु'

मंगलवार , कार्तिक ११, २०७७

 

 बुटवल,  कात्तिक  । रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

यस्तै कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार