२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा थप १७४१ मा संक्रमण पुष्टि '

सोमवार , कार्तिक १०, २०७७

 

 काठमाडौं,  कात्तिक। पछिल्लो २४ घण्टामा थप १७४१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,  ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५  कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख १५ हजार ६७५  कोरोना  भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार