२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बीपी प्रतिष्ठान धरान : 'कोभिड अस्पतालमा पाँच महिने शिशुको मृत्यु'

शनिवार , कार्तिक ८, २०७७

 

काठमाडौं,  कात्तिक  । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनमा मस्तिष्कसम्बन्धी समस्या थियो ।

उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार