काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ मा संक्रमण पुष्टि भएको छ ।
\त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ मा कोरोना भाइरस संक्रमण भएको छ ।
सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५७४ र भक्तपुरमा १३६५ रहेको छ । होम आइसोलेसनमा काठमाडौं जिल्लामा १० हजार ५०१, ललितपुरमा २८९४ र भक्तपुरमा १७१९ रहेका छन् ।