२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा काेराेना : "थप ४४९९ मा कोरोना संक्रमण पुष्टि"

संक्रमितको संख्या डेढ लाख नाघ्यो

शुक्रवार , कार्तिक ७, २०७७

 

काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ५ हजार ४८८  संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७  होम आइसोलेसनमा छन् भने २९० को आईसीयू र ६९ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७  छन् ।

यस्तै मोरङका २२३, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८/२८, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६/१६ तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४/१४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका १३, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०/१०, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७/७ , लमजुङ, कञ्चनपुर र डोटीका ६/६, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५/५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४/४, संखुवासभा, स्याङ्जा र जुम्लाका ३/३, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २/२  तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १/१ मा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार