२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवन : ' कोरोना संक्रमित गर्भवतीको मृत्यु'

बिहिवार , कार्तिक ६, २०७७

 

चितवन,  कात्तिक । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो ।

उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा गर्दै पनि बचाउन नसकेकोमा भरतपुर अस्पतालले दुःख ब्यक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार