२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा काेराेना : " एकैदिन ५ हजार ७४३ मा संक्रमण पुष्टि"

देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित

बुधवार , कार्तिक ५, २०७७

 

कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ मा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये  ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ , ललितपुरका ५४३ र भक्तपुरका १७३ छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ को मृत्यु भएको छ भने ९९ हजार ६०५  संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६  संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार