२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवन : 'थप १०४ मा कोरोना भाइरस संक्रमण'

बुधवार , कार्तिक ५, २०७७

 

 चितवन,  कात्तिक । चितवनमा थप १०४ मा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ सहित ४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ छन् । जसमध्ये ११ पुरुष र १२ महिला रहेका छन् 

उनीहरु २२ देखि ७२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्टिनबाट स्वाब लिइएको थियो ।

यस्तै, खैरहनी नगरपालिकाका १० मा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ पुरुष र ६ महिला रहेका छन् । उनीहरु १४ देखि ६१ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै माडी नगरपालिकाका ५ पुरुष र एक महिला गरी ६ मा संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ मा संक्रमण पुष्टि भएको छ । उनीहरु २३ देखि ३२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै कालिका नगरपालिकाका १ पुरुष र राप्ती नगरपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ४६, रत्ननगर नगरपालिकाका ९, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक–एक मा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकी २६ जना नवलपुर, तनहुँ, गोरखा, बारा, काठमाडौं र ललितपुरका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार