इनरुवा, कार्तिक । सुनसरीको धरान उपमहानगरपालिकामा दोस्रो पटक दुईसय संक्रमितको संख्या नाघेको छ । यसअघि एकै दिन २११ संक्रमित पुष्टि भएको थियो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार एकै दिन नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ मा कोरोना देखिएको हो । धरानमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय पार गरेको यो दोस्रो पटक हो ।
आइतबार एन्फा क्वारेन्टिन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब संकलन गरिएको आधारमा मंगलबार आएको रिर्पोटमा सो संख्यामा संक्रमित देखिएका हुन् । धरानमा कुल संख्या २ हजार २१३ पुगिसकेको मेहताले बताए ।