काठमाडौं कात्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९४ हजार ५०१ संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ संक्रमणमुक्त भएका हुन् ।
देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन् । २८२ को आईसीयू र ६३ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार. काठमाडौं उपत्यकाका मात्र २३८८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २००८ , ललितपुरका २८२ र भक्तपुरका ९९ छन् ।
मोरङका २८६, सुनसरीका ११८, मकवानपुरका ९६, बर्दियाका ९२, चितवनका ९०, काभ्रेका ८०, कास्कीका ३९, सप्तरीका ३८, नवलपरासीका ३६, बाराका ३४, प्युठानका ३३, कैलालीका २९, नुवाकोट र दैलेखका २५/२५ जना, सर्लाही र तनहुँका २२/२२, धादिङ र बाँकेका २१/२१ जना, उदयपुरका १८, स्याङ्जका १७, कञ्चनपुरका १३, धनुषा, सिन्धुपाल्चोक र गोरखाका १२ /१२ तथा महोत्तरी र कपिलवस्तुका ११/११ छन् ।
नवलपुरका १०, रौतहटका ९, पर्सा र सिराहाका ८/८, रामेछाप, बाग्लुङ, पाल्पा र रुकुम पश्चिमका ७/७, संखुवासभाका ५, इलाम, दोलखा, सिन्धुली, पर्वत, लमजुङ, जाजरकोट र बझाङका ४/४, ओखलढुंगा, पाँचथर, गुल्मी, दाङ, जुम्ला, अछाम र दार्चुलाका ३/३, भोजपुर, रसुवा, बर्दिया र, सल्यानका २/२ तथा तेह्रथुम, म्याग्दी, कालीकोट, सुर्खेत, डडेलधुरा, डोटी र बैतडीका १/१ मा कोरोना संक्रमण देखिएको छ ।