काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा थप २९४२ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ को मृत्यु भएको छ भने ९२ हजार १६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ संक्रमणमुक्त भएका हुन् ।
देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३०१ को आईसीयू र ६६ को भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये १६९८ काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १४६९, ललितपुरका १३० र भक्तपुरका ९९ छन् ।
रुपन्देहीका १९२, चितवनका १४९, सुर्खेतका ११०, मोरङका १३८, झापाका ७२, नवलपुरका ५५, मकवापुरका ४३, बाँकेका ४१, कास्कीका ३१, स्याङ्जा र कपिलवस्तुका ३०/३०, नवलपरासीका २९, गोरखाका २६, पाल्पाका २०, तनहुँका १९, सल्यानका १५, उदयपुरका १४, सुनसरीका १२, बारा, बर्दिया र दैलेखका १०/१० जना, इलाम, नुवाकोट र डोटीका ९/९ छन् ।
यस्तै संखुवासभा र पर्साका ८/८, खोटाङ र दाङका ६/६ जना, धादिङ, बाग्लुङ र कञ्चनपुरका ५/५, रौतहट, काभ्रे, रामेछाप, लमजुङ, अर्घाखाँची, गुल्मी र कालीकोटका ४/४, सर्लाही, सिराहा, हुम्ला र बैतडीका ३/३, तेह्रथुम, म्याग्दी, रुकुम पश्चिम र दार्चुलाका २/२ तथा ओखलढुंगा, धनुषा, महोत्तरी, सप्तरी, दोलखा, सिन्धुली, प्युठान, जुम्ला, अछाम र बझाङका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।