२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा काेराेना : "थप ३७४९ मा संक्रमण, ३ हजार ५६४ संक्रमणमुक्त "

बिहिवार , आश्विन २९, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

उनीहरुमध्ये ६९४ को मृत्यु भएको छ भने ८४ हजार ५१२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार