२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरसको संक्रमण

नेपालमा कोरोना : "दुई हजार ३६८ सङ्क्रमित थपिए, मृत्यु हुने ६७५ पुगे "

सङ्क्रमित एक लाख १७ हजार ९९६  पुगे

बुधवार , आश्विन २८, २०७७

 

काठमाडौं, असोज  । नेपालमा कोरोना भाइरसका दुई हजार ३६८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ९४७ वटा नमूना परीक्षण गरिएकाेमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७ हजार ९९६  पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३६ हजार ३६७ मा भाइरसको सङ्क्रमण सक्रिय छ । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १७४ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८० हजार ९५४ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ । 

आइसीयूमा रहेर ३०५  र भेन्टिलेटरमा ७० संक्रमितको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १२ को कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार