२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : "कोरोना सङ्क्रमण एक हजार ४०३ मा"

बुधवार , आश्विन २८, २०७७

 

काठमाडौं, असोज  । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ४०३ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ४०३ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार हजार ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार १७४  सङ्क्रमित निको भएर घर फर्केका छन् । ८० हजार ९५४  कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३६ हजार ३६७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ६३८ मा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख १७ हजार ९९६ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार