२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यकामा कोरोना : "पछिल्लो चौबीस घण्टामा दुई हजार १२९ मा सङ्क्रमण "

मंगलवार , आश्विन २७, २०७७

 

काठमाडौं, असोज । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार १२९ मा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार १२९  सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ५०३  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

७८ हजार ७८० कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३५ हजार ९१५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ५७७ को आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ५५६ मा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित करिब एक लाख १५ हजार ३५८ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार