२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा कोरोना : "पछिल्लो २४ घण्टामा ४ हजार ४७ मा संक्रमण पुष्टि"

कहाँ कति संक्रमित थपिए ?

सोमवार , आश्विन २६, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा ४ हजार ४७ लाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ को मृत्यु भएको छ भने ७७ हजार २७७  संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् । १९ हजार ९५७ होम र १३ हजार ९२३ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २७९ को आईसीयू र ६७ को भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
 

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार,  काठमाडौं उपत्यकामा २२८३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८  छन् ।

मोरङका २२३, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुर ७५, झापा ७१, नवलपुर र कैलाली ६५/६५, बाँके ४५, तनहुँ ३७, प्युठान र बर्दिया २६/२६, धनुषा र सिन्धुपाल्चोक २५/२५, नवलपरासी २४, सप्तरी र लमजुङ २१/२१, कञ्चनपुर १८, पर्सा १७, रामेछाप र पाल्पा १४/१४, रौतहट, दाङ र दैलेख १३/१३, धादिङ र बैतडीका १२/१२  तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जा ११/११ मा कोरोना संक्रमण देखिएको छ ।

गुल्मीका १०, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ , दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६, इलामका ५, हुम्ला र बझाङका ४/४, गोरखा, सल्यान र अछामका ३/३, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२  तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरा १/१ मा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार