काठमाडौं, असोज । पछिल्लो २४ घण्टामा २०७१ मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १२ हजार ४२७ को पिसिआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५५२ कोरोना संक्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८४ छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंमा १ हजार ७१, ललितपुरमा १६१ र भक्तपुरमा ११० लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २२ को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा १७ पुरुष र ५ महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।