२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका : "२ हजार ६७२ मा संक्रमण पुष्टि"

शनिवार , आश्विन २४, २०७७

 

काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,  काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ ।

यससँगै काठमाडौंमा संक्रिय संक्रमितको संख्या १४ हजार ३७० पुगेको छ भने ललितपुरमा २ हजार २३१ र भक्तपुरमा १२८७ भएको छ ।

यस्तै थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । हालसम्म काठमाडौंका १२९, ललितपुरका ३७ र भक्तपुरका २६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार