काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा ५००८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
यससँगै, कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।
यस्तै, मोरङका ३६९, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८/४८ , बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६/३६, काभ्रे र कैलालीका ३५/३५, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८/१८ मा संक्रमण देखिएको छ ।
रौतहटका १७, बाग्लुङ र सल्यानका १२/१२, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११, बारा, दैलेख र बझाङका १०/१०, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ ,म्याग्दी स्याङ्जाका ७/७, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ , इलाम, डडेलधुरा र डोटीका ४/४, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३, लमजुङ र रुकुम पूर्व २/२ तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।