२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सप्तरी : 'दुई कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९ पुग्यो'

शुक्रवार , आश्विन २३, २०७७

 

राजविराज, असोज  । सप्तरीमा थप दुईकाे कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको छ । जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर १ निवासी ३३ वर्षीय सव इन्जिनियरको काठमाडांैमा उपचारको क्रममा मृत्यु भएको रुपनी गाउँपालिका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।

मुटु सम्बन्धी रोगबाट पीडित उनलाई सो समस्या देखिएपछि काठमाण्डौ मेडिकल काँलेज (केएमसी) मा भर्ना गरिएको थियोे । केएमसीमै कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उहाँको त्यही मृत्यु भएको स्वास्थ्य संयोजक यादवले बताए ।
यस्तै राजविराजमा घरको आइसोलेसनमा रहेको कोरोना भाइरस संक्रमित एक बृद्धको बिहीबार मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका ४ का स्थायी घर भई राजविराज वार्ड नम्बर ६ सिरहारोड बस्दै आएका ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण राजविराज निवासमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
गत २१ गते कोरोना रिपार्ट पोजेटिभ आएपछि घर आइसोलेसनमा बसेका थिए । स्वास प्रस्वासमा समस्या देखिएपछि १८ असोजमा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार