२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपत्यकामा कोरोना : 'दुई हजार ५४० मा सङ्क्रमण'

बिहिवार , आश्विन २२, २०७७

 

काठमाडौं, असोज  । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५४० मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुईहजार ५४०  सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार ६७५  सङ्क्रमित निको भएर घर फर्केका छन् । ७१ हजार ३४३  कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२.३ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८ हजार ४७३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपालमा कुल सङ्क्रमित ९८ हजार ६१७ पुगेको छ । सक्रिय सङ्क्रमित २६ हजार ६८४ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार