२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सेयर बजार : "दोहोरो अंकले घट्यो , फाइनान्स र लघुवित्त भने हरियाली"

बिहिवार , आश्विन २२, २०७७

 

काठमाडौं, असाेज  । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंकभन्दा माथि पुगेको थियो ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम राम्रै भएको छ । दिनभर भएका १९३ कम्पनीको ४८ हजार १९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सेयर बजारमा कारोबार हुने ३ उपसमूह बाहेक सबै उपसमूह राताम्मे देखिएका छन् । अन्य उपसमूहरुहरु घटे पनिक फाइनान्स ३१ दशमलव ७२ अंकले बढेको छ । यसैगरै माइक्रोफाइनान्स ०.८५ अंकले र म्युचुअल फण्ड ०.०२ अंकले बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार