२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " तीन हजार ४३९  सङ्क्रमित थपिए, ५७८ काे मृत्यु"

बुधवार , आश्विन २१, २०७७

 

काठमाडौँ, असोज  । नेपालमा कोरोना भाइरसका तीन हजार ४३९  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को साे सङ्क्रमितसहित ९४ हजार २५३ मा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४  छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म ६८ हजार ६६८ सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमण सक्रिय भएकामध्ये २३३  आइसीयू र ३७ भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा १५ जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल ५७८ काे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार