२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा काेराेना : "थप १५५१ संक्रमित, काठमाडौं उपत्यकामा १०१७ "

मंगलवार , आश्विन २०, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा नेपालमा १५५१  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार, ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५०९ महिला र १०४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३४०  कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

सक्रिय संक्रमित २२ हजार ७०९ छ । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

कहाँ,कति संक्रमित  थपिए ?

मन्त्रालयका अनुसार,  काठमाडौं उपत्यकामा १०१७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना छन् ।

यस्तै रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१० जनामा संक्रमण देखिएको छ ।

सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार