२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

दमक नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

मंगलवार , आश्विन २०, २०७७

काठमाडौं,असाेज  ।  झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नगरपालिकाकी उपमेयर गीता अधिकारीका अनुसार सोमबार ओलीलाई सङ्क्रमण पुष्टि भएको हो। उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ।

पहिले श्रीमतीलाई संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि मेयर र छाेरालाई पनि संक्रमण देखिएकाे हाे । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको छ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार