२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सिएमसीमा गरिएको परीक्षणमा चितवनका ५६ सहित ७५ जनामा कोरोना पुष्‍टि

मंगलवार , आश्विन २०, २०७७

काठमाडौं,असाेज  ।  चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) को पिसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

कलेजले दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका ५६ जना छन् भने अन्य ८ जिल्लाका १९ जना छन् । कलेजका अनुसार चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी रत्‍ननगर नगरपालिकामा ५ जना तथा खैरहनी र राप्ती नगरपालिकाका १-१ जनामा संक्रमण देखिएको छ । चितवनबाहिरका संक्रमितहरुमा नवलपरासी पूर्वका ११ जना छन् भने मकवानपुरका २ जना तथा नवलपरासी पश्‍चिम, तनहुँ, गोरखा, काठमाडौं, प्युठान र पर्साका १-१ जना छन् ।

प्रयोगशालामा असोज १९ गते परीक्षण गरिएका २८२ नमुनाहरुमध्‍ये ७५ को रिपोर्ट पोजेटिभ आउँदा अन्य १०७ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार