काठमाडौं,असाेज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार मंगलबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतकमा मधुमेह र मुटु सम्बन्धी पुरानै समस्या रहेको थियो।
पीसीआर परीक्षण गराउँदा असोज १२ गते रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।
ज्वरो लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई उपचारका लागि असोज १२ गते नै अस्पताल भर्ना गरिएको डा. श्रेष्ठको भनाइ छ ।
यससँगै बीपीमा संक्रमितको मृत्यु संख्या ४१ पुगेको छ ।