२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

धुलिखेल अस्पतामा दुई कोरोना संक्रमितको मृत्यु

सोमवार , आश्विन १९, २०७७

  काठमाडौं, असाेज । काभ्रेको धुलिखेल अस्पतालमा आइतबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बनेपा नगरपालिका १३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार ४६ वर्षीय पुरुषको आइतबार दिउँसो र ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो। योसँगै काभ्रेमा कोरोना संक्रमणको कारण मृत्यु हनेको संख्या १३ पुगेको छ।

यसैबीच चार जना कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले विज्ञप्ति जारी गरेर सेवा अनिश्चित कालका लागि बन्द गरिएको जानकारी दिएका हुन्।

रोशी गाउँपालिका कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार