२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु

आइतवार , आश्विन १८, २०७७

काठमाडौं, असाेज । भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ। 

चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। 

असोज १६ गते साँझ ६ बजे उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो। उपचारका सबै उपायहरु गर्दागर्दै विहान ६:३५ बजे उनको मृत्यु भएको पौडेलले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म चितवनका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार