२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

िहमपातले सात दिनपछि हुम्लाको हवाई सेवा सुचारु

बुधवार , पौष २, २०७६

सिमकोट, पुस  ।  हिमाली जिल्ला हुम्लामा सात दिनपछि हवाई सेवा सुचारु भएको छ । विमानस्थलमा जमेको एक फिटभन्दा बढी हिउँ रन–वेबाट पन्छाउने काम सम्पन्न भएपछि बुधबार हिउँसोबाट हवाई सेवा सुचारु भएको हो ।

दुई दिन लगातार विमानस्थलको रन–वेको हिउँ फाल्दा पनि नसकिँदा बुधबार बाँकी हिउँ फाल्ने कार्य सम्पन्न भएपछि गत बिहिबारबाट हिमपातको कारण बन्द हुम्लाको एक मात्र हवाई सेवा सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रबन्धक गौरीशंकर शाहले जनाए ।

विमानस्थलको हिउँ फाल्ने कार्य सकिएलगत्तै समिट एयरका दुईवडा र सीताको दुई फ्लाईट गरी चारवटा उडान भर्न सफल भएको जानकारी उनले दिए । अब हवाई सेवा सुचारु हुने उनको भनाइ छ ।

सुरक्षाकर्मी, गाउँपालिका, जनप्रतिनिधि र कर्मचारी लागेर तीन दिनमा विमानस्थलको हिउँ फाल्ने कार्य सम्पन्न भएको थियो । नेपालगञ्जबाट नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न ३६ क्विन्टल समिट एयरले ढुवानी गरेको थियो भने सिमकोटबाट ३६ जना यात्रु ओसारेको समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले बताए ।

त्यसैगरि, सीता एयरले पनि नेपालगञ्जबाट पहिलो फ्लाइट कार्गोको सामान र दोस्रो फ्लाइट यात्रु ओसारेको थियो भने सिमकोटबाट यात्रु ओसारेको थियो । धेरै दिनपछि सिमकोट विमानस्थलमा फ्लाईट हुँदा यात्रुहरुलाई राहत भएको छ । हवाई सेवा सुचारु भए पनि व्यापारी तथा यात्रुहरुलाई राहत भएको छ ।

यसअघि हवाई सेवा बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव हुन थालेको थियो भने कुखुराको मासु पाउनै छोडेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार