काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा थप २१२० मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये ११७७ उपत्यकाका छन् । काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ मा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २०४४ कोरोना संक्रमणमुक्त भएका छन् ।