काठमाडौं, असोज । नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ वटा आरटी पीसीआर परीक्षणमा याे संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल आरटी पीसीआर परीक्षण दशलाख ४८ हजार ६८६ पुगेको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २१ हजार २३४ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
संक्रमणमुक्त
पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुने ७३.६३ प्रतिशत पुगेको छ । आइसोलेसनमा २१ हजार २३४ र क्वारेन्टाइनमा चारहजार ८८५ जना छन् ,
उपचार
नेपालमा २१० जना आसीयू र २९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।
मृत्यु
पछिल्लो चौबीस घण्टामा ११ सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।