२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : ' पहिलो पटक चिकित्सकको मृत्यु'

बिहिवार , आश्विन १५, २०७७

 

काठमाडौं, असाेज  । नेपालमा कोरोना भाइरस संक्रमणका कारण  पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

२ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो ।

बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार