२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कुनै दीर्घ रोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु

बिहिवार , आश्विन १५, २०७७

 काठमाडौं, असाेज । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । 

विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए । 

डा. सापकोटाका अनुसार उक्त संक्रमितमा पहिलेदेखि कुनै पनि प्रकारको दीर्घ रोग वा अन्य कुनै रोग थिएन ।अस्पतालका अनुसार मृतकको शव नियमानुसार व्यवस्थान हुँदैछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार