काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा १५१३ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
उनीहरुमध्ये ४९१ को मृत्युभएको छ भने ५५ हजार ३७१ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।