२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

आइतवार , आश्विन ११, २०७७

काठमाडौं, असाेज । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु २० देखि ६० वर्ष सम्मका व्यक्ति रहेका छन् । २ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

संक्रमित सहित २८ जनाको स्वाव संकलन गरि परिक्षणका लागि असोज ६ गते हेटौडामा पठाईएको थियो । संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन गरि पठाईएकोमा परिक्षण हुदा एकै परिवारका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।

उनका अनुसार अन्य तीन जना जिल्ला बाहिरबाट आई क्वारेन्टाईनमा बसेका व्यक्ति रहेका छन् । लकडाउन खुलेपछि जिल्लामा धेरै संक्रमित भेटिएको पहिलो पटक हो । जिल्लामा दैनिक जसो संक्रमित भेटिइरहेका छन् ।

योसँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निको भई घर फर्किसकेका छन । अन्यको उपचार सिन्धुली अस्पताल तथा एपोलो अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार