२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विराटनगरमा झापाका कोरोना संक्रमितको मृत्यु

आइतवार , आश्विन ११, २०७७

काठमाडौं, असाेज । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ। 

झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको शनिबार राति १०:४५ बजेतिर मृत्यु भएको चिकित्सकलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। 

शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाबको पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो। उनका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था खराब भएर गएपछि उनलाई थप उपचारका लागि शनिबार राति विराटनगर ल्याइएको बस्नेतले बताए। उनका अनुसार ल्याइपुर्‍याउन साथ मृत्यु भएको हो।

आइसोलेसनमा लैजानलाई बोकेर आएको एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार