२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोभिड-१९ संक्रमण

नेपालमा कोरोना : "पछिल्लो २४ घण्टामा १२०७ मा संक्रमण पुष्टि"

देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण : कहाँ कति संक्रमित थपिए ?

शनिवार , आश्विन १०, २०७७

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा १२०७ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ को मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ११४७  संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार