२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ए’ डिभिजन लिग: थ्री स्टार र जावलाखेल तथा मनाङ मस्र्याङ्दी र एपीएफ भिड्ने

मंगलवार , पौष १, २०७६

काठमाडौं, पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज ( बुधबार ) दुई खेल हुँदैछन् । लिगको चौथो दिन रुस्लान थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ ।

दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छन् ।

यस्तै दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र बिभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार