२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : "पछिल्लो चौबीस घण्टामा ६३७ सङ्क्रमित थपिए"

बुधवार , आश्विन ७, २०७७

 

काठमाडौं, असोज  । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६३७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकामा तीन जिल्लामा ६३७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुष तथा भक्तपुरमा ४७ महिला र ४८ पुरुष सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार