२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

नेपालमा काेराेना : "थप ११७२ मा कोभिड-१९ को संक्रमण पुष्टि"

कहाँ कति थपिए संक्रमित ? : पछिल्लो २४ घण्टामा मा १८९३  संक्रमणमुक्त

बुधवार , आश्विन ७, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा ११७२ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ महिला र ७४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८९३  संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६३७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५०  छन् ।

यस्तै रुपन्देही ६७ , सुर्खेत ४९, मोरङ ४४, सुनसरी ३७, बाँके ३०, गुल्मी २८, कास्की र अछाम २२/२२ , सर्लाही २१, बर्दिया १९, डोटी १७, मकवानपुर १६, धादिङ र कैलाली १४/१४ ,  सप्तरीका १२, सिराहा ११, काभ्रे र नवलपुर १०/१० तथा झापाका ९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँ र कपिलवस्तुका ६/६ जना, गोरखा, जमजुङ, स्याङ्जा र नवलपरासीका ५/५ , बाराका ४, धनुषा र कञ्चनपुरका ३/३ , पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १/१ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार