२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : 'दोस्रो टर्मिनल भवन निर्माणको तयारी '

बुधवार , आश्विन ७, २०७७

 

 

भैरहवा, असोज  । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनदेखि संरचना निर्माणका सबै काम मन्त्रालयले अगाडि बढाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न डिजाइन पोस्ट गर्दै सुझाव मागेका छन । भारतीय कन्सल्टेन्सीले तयार गरेका ती डिजाइन स्वीकृत भएपछि ग्लोबल टेन्डरको प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आगामी डिसेम्बरसम्म डिजाइन स्वीकृत, ग्लोबल टेन्डरको प्रक्रिया सक्नेगरी तयारी भइरहेको प्राधिकरणले जनाएकाे छ ।  दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको  छ ।
विज्ञहरूसँग छलफल गरी चारवटा डिजाइन मध्येबाट एउटाको छनोट गरिनेछ ।  विमानस्थल आयोजनाका अनुसार दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ । भवन बनाउने स्थानमा मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार