२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ललितपुरमा दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

बुधवार , आश्विन ७, २०७७

काठमाडौं, असाेज । ललितपुरमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै अल्का अस्पतालमा उपचाररत  ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोको समस्या देखिएर अस्पतालमा उपचाररत रहेका थिए ।

यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार