काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ मा संक्रमण देखिएको हो ।
अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या ४८ हजार ०६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित भेटिएका छन् ।