२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टमा कोभिड-१९

नेपालमा कोरोना : "१३२५ मा संक्रमण पुष्टि"

देशभर : 'कहाँ कति थपिए संक्रमित ?]

आइतवार , आश्विन ४, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा १३२५ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।

यस्तै रुपन्देहीका ११३ , मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८/१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०/१० मा संक्रमण पुष्टि भएको छ ।

सुनसरीका ७, गुल्मी र बर्दियाका ६/६, सप्तरीका ५, दोलखाका ४, झापा, सिन्धुपाल्चोक र दाङका ३/३ , पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १/१ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार