२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

धनुषा : 'थप दुई संक्रमितको मृत्यु'

शुक्रवार , आश्विन २, २०७७

 

जनकपुरधाम, असाेज । धनुषामा थप दुई  कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका-३ का ६८ वर्षका पुरुष र बटेश्वर गाउँपालिका-५ घर भई जनकपुरधाम उपमहानगरपालिका-२ बस्दै आएका ७० वर्षीय पुरुष छन् ।

दुबैको मृत्यु प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

उनका अनुसार बटेश्वरका पुरुष गत भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र साँस लिन समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब संकलन गरिएको थियो ।

दुई दिनपछि रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिए पनि बिहीबार राति उनको मृत्यु भएको डा. यादवले बताए ।

यस्तै, सबैलाका पुरुषको शुक्रबार दिउँसो २ बजे सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा भर्ना भएका यी पुरुषको गत साउन ३१ गते स्वाब संकलन गरिएको थियो । उनी संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार आएको थियो ।

मृतक दुबै मिर्गाेला सम्बन्धी समस्याबाट पीडित थिए । योसँगै धनुषामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार