२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवन : 'कोरोना संक्रमित ३१ वर्षीय युवकको मृत्यु'

शुक्रवार , आश्विन २, २०७७

 

 चितवन , असोज । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार